२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


चीनमा आईएनजीओ माथि अंकुश लगाउने तयारी


0
Shares

काठमाडौं, बैशाख १६ । चीनले विदेशी गैर सरकारी संस्था (आईएनजीओ) लाई अंकुश लगाउन नयाँ कानुन पास गरेको छ ।

नयाँ कानुन अनुसार अब एनजीओहरुले प्रहरीको नियमन पेश गर्नु पर्ने र आम्दानीको स्रोतको स्पष्ट जानकारी दिनु पर्नेछ ।

यसबाट एनजीओहरुको क्रियाकलापमाथि स्पष्ट सीमा निर्धारण हुने जनाइपनि कानुनको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

चीनमा अहिले ७ हजार भन्दा बढी एनजीओ क्रियाशिल छन् । आलोचकहरुले नयां कानुन परिवर्तन गर्नु पर्ने माग गरेपनि चीनले भने यस्तो नियमन लामो समय रहने जनाएको छ ।

अमेरिकाले नयां कानुनको मस्यौदा सार्वजनिक हुंदा नै यसबाट नागरिक समाजको भूमिका साँघुरो बनाउने जनाएको थियो ।

गत जनवरीका राष्ट्रिय सुरक्षामा आघात पुर्‍याएको भन्दै स्वीडिस एनजीओ कामदार पक्राउ परेपछि चीनले नयां नियम पारित गरेको बताइएको हो । (एजेन्सी)