६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बालाजुमा ४९ थान सिलिण्डरसहित व्यापारी पक्राउ


0
Shares

काठमाडौं, बैशाख १६ । कृतिम अभाव सिर्जना गरी चर्को मूल्यमा बेच्ने उद्देश्यले लुकाईराखेको ४९ वटा ग्यास सिलिण्डरसहित काठमाडौंको बालाजुबाट एक जना ब्यापारीलाई पक्राउ गरिएको छ ।

आपूर्ति मन्त्रालयको बजार अनुगमन टोलीले बालाजु बाइसधारा नजिकैको करुणामय इन्टरप्राइजेजका सञ्चालक विनोद मानन्धरलाई लुकाईराखेको ग्यासका सिलिण्डरसहित नियन्त्रणमा लिएको हो ।

मानन्धरको डिपोबाट साइबाबा, सुगम र श्रीकृष्ण ग्यासका सिलिण्डर बरामद गरिएको छ ।

मानन्धरले कालोबजारी गर्दै चर्को मूल्यमा ग्यास बेच्ने गरेको उजुरी आपूर्ति मन्त्रालय तथा उपभोक्ता हित संरक्षण मञ्चमा परेपछि आज अनुगमन गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।

मानन्धरले भने कुपन लिएका उपभोक्ता ग्यास लिन नआएका कारण सिलिण्डर पसलमै राख्नुपरेको दाबी गरेका छन् । तर पसलमै भेटिएका उपभोक्ताले भने मानन्धरको तर्कको ठाडै प्रतिकार गरे ।

मानन्धरले विनोद मानन्धर स्टोर, करुणामय इन्टरप्राइजेट र सायमी चिनी ढुकु गरी एउटै पसलमा ३ वटा साइन बोर्ड राखेर पसल सञ्चालन गरेको समेत भेटिएको अनुगमनमा खटिएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।