
काठमाडौं, वैशाख १६ । सरकारले यस वर्ष गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।
जेठ १४, १५ र १६ गते मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन आवश्यक तयारी गरिएको गणतन्त्र दिवस मूल समारोह समितिले जनाएको छ ।
आज गृहमन्त्रालयमा कार्यक्रम गरी समितिले गणतन्त्र दिवसको अवसरमा विदेशस्थित नेपाली राजदुतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिने र साँझ दीपावली गर्ने जनाएको हो । यसैगरी उपत्यका बाहिरका जिल्लाहरु र स्थानीय तहमा प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, सांस्कृतिक कार्यक्रम गरिने समितिले जनाएको छ ।
कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष, प्रधानमन्त्री केपी ओलीले नेपालमा नयाँ युगको सुरुवात भएको ऐतिहासिक दिनको अवसरमा राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न कार्यक्रम गरिने बताए ।
गणतन्त्र पूर्ण रुपमा संस्थागत हुन बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको हितमा कार्यक्रम ल्याउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्