
दोहा, वैशाख १६ । कतारको प्रमुख बैंकको डाटा ह्याक गरिएको छ । ह्याकरको एउटा समूहले कतार नेशनल बैंकको डाटा ह्याक गरेको हो ।
ह्याकरले सो बैंकका सयौं ग्राहकको विवरण अनलाइनमार्फत सार्वजनिक गरेको छ । राजपरिवार, गुप्तचर अधिकारी र अल जजिराका केही पत्रकारको विवरणसमेत सार्वजनिक गरिएको छ ।
१.४ जिबीको डाटा विभिन्न फोल्डरमा विभाजित छ । अल जजिरा, प्रहरी, सुरक्षा, रक्षा लगायतका नाममा फोल्डर बनाएर डाटा सार्वजनिक गरिएको हो ।
कतार नेशनल बैंकले यसबारे खुलेर केही बताएको छैन । तर उसले आफ्ना ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न कुनै कसर बाँकी नराखिने जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्