
वीरगन्ज, वैशाख १५ । मधेसी दलहरुले संघीय सीमांकन परिवर्तनलगायतका माग राख्दै बुधबार पर्सामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
वीरगन्जको घन्टाघरबाट निकालिएको जुलुसका सहभागीहरु जिल्ला प्रशासन कार्यालय पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीमार्फत् प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा गठबन्धनले राखेको २६ बुँदे माग पूरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्