१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मन्त्री चौधरी भन्छन्ः ‘सरकार ढाल्ने खेल बन्द गरौं’


0
Shares

काठमाडौं, बैशाख १४ । स्वास्थ्य मन्त्री रामजनम चौधरीले सरकार ढाल्ने खेल सुरु भए मुलुकका संकट समाधान नहुने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले गरेको वातावरणीय स्वास्थ्यसम्वन्धी सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मुलुक राष्ट्रिय विपतमा परेको अवस्थामा सरकार परिवर्तनको खेल खेल्नु आवश्यक नभएको बताए ।

उनले सरकार परिवर्तनको आधार पुष्टि नहुने भन्दै सहमतिका आधारमा दलहरु अघि बढ्नुपर्ने बताए ।

प्रदेश सिमांकनलगायतका संविधानमा देखिएका असन्तुष्टि सहमतिकै आधारमा टुंगो लगाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री चौधरीले मुलुक पुनर्निर्माणको अभियान सम्पन्न नभएसम्म अहिलेको सरकार परिवर्तन नहुने जिकीर गरे ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्राकृतिक विपतबाट हुन सक्ने प्रकोप न्यूनीकरणका लागि सहभागी विशेषज्ञहरुले आ–आफ्ना धारणा प्रस्तुत् गरेका थिए । उनीहरुले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गरेका थिए ।