
काठमाडौं, वैशाख १३ । नेपाली खेलकुद क्षेत्रमा देखिएको विवाद र समाधानकोबारेमा संसदीय समितिमा सोमबार छलफल भएको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिअन्तर्गत् गठन गरिएको अध्ययन उपसमितिमा भएको छलफलमा खेलकुद क्षेत्रको विवाद र निकासको विषयमा छलफल भएको हो ।
उपसमितिका संयोजक मोहनकुमार राईको अध्यक्षतामा बसेको बैठकमा विभिन्न खेलका प्रशिक्षकहरु, फुटबलका राजुकाजी शाक्य र हरि खड्का, तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टलगायतलाई छलफलका लागि बोलाइएको थियो ।
बैठकमा सहभागी खेलाडीहरुले सरकारले सधैं आश्वासनमात्रै दिने गरेको भन्दै यथाशीघ्र विवाद अन्त्य गराउन आग्रह गरे ।
विवाद र अभावकाबीच खेलाडीहरुले मिहेनत गर्दै आएको भन्दै उनीहरुले सरकारले खेलाडीको उत्थानमा पनि ध्यान दिनुपर्ने र भौतिक संरचनामा तत्काल काम अघि बढाउनुपर्नेमा जोड दिए ।
सोक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) कर्मचारी संघका पदाधिकारीहरुसँग पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्