
काठमाडौं, वैशाख १३ । सरकारले सूचना तथा सन्चार क्षेत्रलाई उद्योगसरह मान्यता दिने भएको छ ।
सन्चार मन्त्रालयमा सोमबार भएको पत्रकार सम्मेलनमा सन्चारमन्त्री शेरधन राईले मन्त्रीस्तरीय निर्णयबाट सन्चार क्षेत्रलाई उद्योगको मान्यता दिने निर्णय दिलाउन सिफारिस गरेको जानकारी दिए ।
सरकारको सिफारिसअनुसार अब उद्योग मन्त्रालयले आवश्यक ऐन निर्माणका लागि व्यवस्थापिका–संसदमा विधेयक लैजाने उनले दाबी गरे ।
मन्त्री राईले न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक लागू गराउन अब बस्ने मन्त्रिपरिषद बैठकमा आफूले प्रस्ताव लैजाने पनि बताए ।
यस्तै, गत वर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पकाक्रममा सूचना सम्प्रेषण गरी सन्चारमाध्यमले पुर्याएको योगदानको कदर गर्दै सरकारले सन्चारगृह तथा विद्युतीय सन्चारसंस्थाहरुको चालु आर्थिक वर्षको नवीकरण दस्तुर पुरै मिनाहा गर्ने र तिर्नुपर्ने रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको जानकारी मन्त्री राईले दिए ।
रोयल्टी तिरिसकेको भए आगामी वर्षको रकम दाखिलाकाक्रममा हिसाब मिलान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्