
काठमाडौं, वैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पर्यटकका लागि सुरक्षित रहेको बताएका छन् ।
पर्यटन मन्त्रालयले घोषणा गरेको ‘घुमफिर वर्ष २०७३’ को अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भूकम्पले ऐतिहासिक र साँस्कृतिक धरोहरमा आंशिकमात्रै क्षति पुर्याएको भन्दै विदेशी लगानीकर्ता र पर्यटकलाई नेपाल आकर्षक रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको नक्सामा ‘वेलकम टु नेपाल’ लेखेर पर्यटकलाई स्वागत् पनि गरे ।
कार्यक्रममा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल भूकम्पअघिको अवस्थामा फर्कन थालिसकेको र भत्केका सम्पदाहरुलाई सरकारले चाँडोभन्दा चाँडो पुरानै अवस्थामा फर्काउने कार्य सुरु गरिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्