
वीरगन्ज, बैशाख १३ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले वर्तमान सरकार सबै क्षेत्रमा पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् ।
सद्भावना पार्टी पर्सा जिल्ला समितिले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झाले सरकार गठन भएको लामो समय भइसक्दा पनि भूकम्प प्रभावितलाई राहत दिन नसनु र नाकाबन्दी खुले पनि उपभोग्य सामग्रीहरुको अभाव हटाउन नसक्दा असफल भएको बताएका हुन् ।
उनले आगामी बजेट सबै क्षेत्रलाई ध्यानमा राखेर ल्याउन सरकारलाई सुझाव दिए । प्रचारमुखी बजेटले जनतालाई न्याय नदिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्