
पर्वत , बैशाख १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार मक्किएको खम्बा जस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल प्रेस यूनियन पर्वतले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कम्युनिष्ट र राजावादी मिलेर बनेको सरकार आफ्नै कारणले ढल्ने बताए ।
सरकार असफल बन्दै गएकाले दुई÷चार महिनाभन्दा सरकारको आयु नभएको उनले ठोकुवा गरे ।
अर्को प्रसंगमा नेता कोइरालाले बिदेशीहरुको करोडौं डलरको चलखेलमा नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्