१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


मनमोहन अधिकारीको १७ औं स्मृति दिवस मनाईंदै


0
Shares

काठमाडौं, बैशाख १३ । नेपाली कम्युनिष्ट आन्दोलनका श्रद्धेय नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

स्वर्गीय मनमोहन अधिकारी नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिन्थे ।

२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका मनमोहन अधिकारी आफ्नो गाउँ आफै बनाउँ र बृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बन्न पुगेका थिए ।

अधिकारीको १३ बैशाख २०५६ सालमा निधन भएको थियो । संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको नेपालको बाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो ।

उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत थिए । विसं २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बने ।

नेपाली राजनीतिमा उनी एक निष्कलंक प्रधानमन्त्रीका रुपमा मानिन्थे । मलाई देशको प्रधानमन्त्रीभन्दा एउटा असल व्यक्तिको रुपमा मात्र सम्झिदिए पुग्छ भन्ने अधिकारीको सन्देशले आजको राजनीति र समाजलाई दिशाबोध गर्नसके निकै ठूलो गुन हुनेछ ।