
काठमाडौं, बैशाख १३ । स्वान्सी सिटीलाई पाखा लगाउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
आइतबार राती आफ्नै मैदानमा भएको खेलमा लेष्टरले स्वान्सीलाई ४-० ले हरायो ।
चर्चित स्ट्राईकर जेमी भार्डी विना नैं मैदानमा उत्रिएको लेष्टरका लागि अर्जेन्टाईनी खेलाडी होजे लियोनार्दो उलोवाले दुई गोल गरे भने रियाद माहारेज र अल्ब्राईटनले एक एक गोल गरे ।
जितसँगै लेष्टर सिटीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ८ अंकको दुरी बनाएको छ । एक खेल कम खेलेको टोटनह्यामले आज वेष्ट ब्रोमसँग खेल्नेछ ।
प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको अर्को खेलमा आर्सनललाई सण्डरल्याण्डले गोलरहित बराबरीमा रोकेको छ ।
आइतबारका खेलहरुपछि ३५ खेलबाट ७६ अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ ।
३४ खेलबाट ६८ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटी र चौथो स्थानको आर्सनलको समान ६४/६४ अंक छ ।
लिगमा तीन खेल मात्रै बाँकी छँदा लेष्टरलाई उपाधि सुरक्षित गर्न ५ अंक आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्