२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


एक वर्षमा एक खर्ब १३ अर्बको सहयोग प्राप्त


0
Shares

काठमाडौं, वैशाख १२ । गत आर्थिक वर्षमा नेपाललाई एक अर्ब १३ करोड अमेरिकी डलर वैदेशिक सहायता प्राप्त भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको वैदेशिक सहायता प्रतिवेदन अनुसार गत आर्थिक वर्ष सन् २०१४/१५ मा करिव १ खर्ब १३ अर्ब रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको हो ।

२३४ वटा अनुदानमा संचालित आयोजना, १६५ प्राविधिक सहायता र ४३ वटा ऋण सहायता परियोजनाका लागि सहयोग रकम भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालमा भित्रिएको सहायतामध्ये १० प्रतिशत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दिएको जनाइएको छ । यसपटक पनि सबैभन्दा बढि सहायता प्रदान गर्ने संस्था विश्व बैंक नै बनेको छ ।

बहुपक्षीय विकास साझेदारमध्ये विश्व बैंकले गत वर्ष १८ करोड ८१ लाख डलर सहयोग गरेको छ । यस्तै, एसियाली विकास बैंकले १४ करोड ७८ लाख डलर सहयोग गरेको प्रतिवेदनमा जनाइएको छ ।

द्विपक्षीय साझेदारमध्येमा बेलायतले सबैभन्दा धेरै सहयोग गरेको छ । बेलायतलाई युएसआइडी, जापान, चीन र स्वीजरल्याण्डले पछ्याएका छन् ।