२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


फरक सोचको विकासोन्मुख बजेट आउनुपर्छ : गभर्नर नेपाल


0
Shares

काठमाडौं, वैशाख १२ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी बजेट फरक सोचको विकासोन्मुख बजेट हुनुपर्नेमा जोड दिएका छन् ।

भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा असर पारेकाले क्षतिपूर्ति गर्नेगरी विशेष बजेट आउनुपर्ने उनको भनाई छ ।

राष्ट्र बैंकले आइतबार सरोकारवाला निकायका प्रतिनिधिहरुसँग गरेको पूर्व बजेटकालिन अन्तरक्रियाका अवसरमा उनले सन् २०२२ सम्म विकाशशील राष्ट्रका रुपमा स्तरोन्नती हुने र २०३० सम्मको विकास लक्ष्यलाई ध्यानमा राखेर बजेट तयार हुनुपर्ने बताए ।

नाकाबन्दी खुलेपछि अर्थतन्त्रमा केही सुधारका संकेत देखिन थालेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा सहभागीहरुले आगामी बजेटले लिनुपर्ने दिशा र आवश्यक विषयकाबारे सुझाब दिएका थिए ।

बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मुलुकको अहिलेको अवस्थाबारे तथ्यांकगत कार्यपत्र प्रस्तुत गरेका थिए ।

चालु आर्थिक बर्षको चैत मसान्तसम्म पूँजीगत खर्च विनियोजित रकमको १५ प्रतिशतमात्र भएको छ । सरकारको विकास बजेट खर्च गर्ने क्षमता बढाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।