
काठमाडौं, वैशाख १२ । युरोपियन युनियनले भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि १२ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।
इयुले १० करोड ५० लाख युरो अनुदान सहयोग गर्ने समझदारी गरेको हो ।
सहयोग सम्बन्धी समझ्दारी पत्रमा आइतबार अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि ईयुका राजदूत रेन्जे ट्रिंकबीच हस्ताक्षर भएको हो ।
सहयोग रकम मध्ये १० करोड युरो बजेटरी सहयोग र ५० लाख युरो प्राविधिक सहयोग रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्