२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पूरा : पर्यटनमन्त्री


0
Shares

काठमाडौं, वैशाख ११ । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखामा पर्यटन प्रबद्र्धनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दोलखाली पत्रकार समाजले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा उनले पर्यटकीय दृष्टिकोणले दोलखालाई प्रबद्र्धन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

सोहीक्रममा हामीसँग कुरा गर्दै उनले लुम्बनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पूरा भएको जानकारी पनि दिए ।

उनले सम्मेलनका लागि विदेशी पाहुना, संघ–संस्थाहरुलाई आमन्त्रण गरिसकेको बताए ।

आगामी जेठ ८ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनअघि जेठ ६ र ७ गते काठमाडौंमा अन्तराष्ट्रिय बौद्धगोष्ठी आयोजना हुँदैछ ।