१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


जनआन्दोलनका घाइतेहरु आक्रोशित, नागरिक समाज पनि असन्तुष्ट (भिडियोसहित)


0
Shares

सरोज अधिकारी/सहदीप केसी (इमेज)
काठमाडौं, वैशाख ११ । ऐतिहासिक जनआन्दोलन सफल भएर मुलुकमा लोकतन्त्र स्थापना भएको एक दशक पूरा भएको छ ।

तर, त्यसबेलाका आन्दोलनका घाइते तथा नागरिक अगुवाहरु भने आन्दोलनबाट सत्तामा पुगेका दलहरुको क्रियाकलाप देखेर दिक्क हुन थालेका छन् ।

२०६२ साल चैत २६ गतेबाट सुरु भइ १९ दिनसम्म चलेको निर्णायक आन्दोलनले लोकतन्त्र स्थापना गरेको थियो ।

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता आफ्नो हातमा लिएपछि विघटित प्रतिनिधिसभा पुनःस्थापनासहितको माग बोकेर दलहरु सडकमा ओर्लिएका थिए ।

दलहरुको आह्वान र नागरिक समुदायको सहभागितामा सिंगो मुलुक नै आन्दोलनमय बनेपछि अन्ततः २०६३ साल वैशाख ११ गते राति लोकतन्त्रको घोषणा गरिएको थियो ।

२०६२/६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवनको बलिदानी दिए भने थुप्रै घाइते भए । आन्दोलनमा घाइते भएकाहरुमध्ये कतिपयले अझैपनि उपचार र सहयोग पाउन सकेका छैनन् ।

अझ त्यही आन्दोलनको पृष्ठभूमिबाट बनेको वर्तमान सरकारले जनआन्दोलनका घाइतेलाई दिँदै आएको उपचारखर्च कटौती गरिदिएपछि उनीहरु आक्रोशित बनेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।