२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पुनःनिर्माण प्राधिकरणले तोक्यो सिन्धुपाल्चोकमा कार्यालय प्रमुख


0
Shares

काठमाडौं, वैशाख ११ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा पुनःनिर्माणको समन्वय गर्न कार्यालय प्रमुख तोकेको छ ।

प्राधिकरणले पदम अर्याललाई विशेष सम्पर्क कार्यालयमा समन्वयको काम गर्न कार्यालय प्रमुख तोकेको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए ।

अन्य जिल्लामा कार्यालय खुलेपनि बढी प्रभावित सिन्धुपाल्चोकमा अझैसम्म प्राधिकरणको समन्वय कार्यालय खुल्न सकेको थिएन । गत वर्षको भूकम्पले जिल्लामा तीन हजार ५७० को मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकमा ६५ हजार घर पूर्णरुपमा क्षति भएको तथ्यांक जिल्ला दैवीप्रकोप उद्धार समितिसँग छ । जिल्लाका पीडित अझै पाल र जस्ताको टहरामा बस्न बाध्य छन् ।

‘प्राधिकरणले भूकम्प गएको एक वर्ष पुगेको वैशाख १२ गते आइतबारका दिन जिल्लामा गर्ने कार्यक्रममा अनुदान सम्झौता सुरु गर्नेछ’–उनले भने । रासस