२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


दैलेखस्थित ग्यासखानी उत्खनन्मा चीन सरकारको टोलीले छिट्टै काम गर्दैछ : उद्योगमन्त्री


0
Shares

भक्तपुर, वैशाख ११ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प र मधेस अन्दोलनका कारण औद्योगिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले शनिबार गरेको कार्यक्रममा मन्त्री पाण्डेले भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दी र तराई अन्दोलनका कारण नेपालको औद्योगिक क्षेत्रले सबैभन्दा बढी मार खेप्नुपरेको बताए ।

उनले नेपालमा भएका खनिजप्रदार्थको उत्खनन्कार्य अगाडि बढिसकेको र दैलेखस्थित ग्यासखानी र खनिजपदार्थको उत्खनन्का लागि चीन सरकारको टोलीले छिट्टै काम गर्ने जानकारी दिए ।

अर्को एक प्रसंगमा मन्त्री पाण्डेले संविधान कार्यान्वयन र मुलुक पुनःनिर्माण गर्नेबेलामा सरकार परिवर्तन गर्न खोज्नु गलत भएको पनि बताए ।