
धनकुटा, वैशाख १० । धनकुटाको तमोर नदीमा र्याफ्टिङको आकर्षण बढ्दै गएको छ ।
विगतका वर्षको तुलनामा यो वर्ष र्याफ्टिङ गर्न तमोर नदीमा पुग्नेहरु बढ्दै गएका छन् । योसँगै यहाँका व्यवसायीहरु पनि उत्साहित भएका छन् । र्याफ्टिङ गर्नेको आकर्षण बढेसँगै र्याफ्टिङ ब्यवसायीसमेत थपिन थालेका छन् ।
विगतमा तमोर रिभर एड्भाञ्चर प्रालि धरानले मात्र सेवा दिँदै आएकोमा यो वर्ष वाटर रिभर ट्रिप एड्भेन्चरले समेत र्याफ्टिङ गराउन सुरु गरेको छ । सो नयाँ कम्पनीको क्षमता दैनिक ३२ जनाको रहेको सञ्चालक सुरेश बस्नेतले जानकारी दिए ।
मुलघाटदेखि चतरा दिवा सेवाका लागि सात घण्टा र रात्रीकालिन सेवाका लागि दोब्बर समय लाग्ने गर्दछ । नेपालमा मर्स्याङ्दी, भोटे कोसीपछि तमोर नदी र्याफ्टिङका लागि उत्कृष्ट मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्