
ताप्लेजुङ, वैशाख १० । ताप्लेजुङको पश्चिमी क्षेत्रमा परेको असिना–पानीले नगदे तथा अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।
लिवाङ, सान्थाक्रा, थिङ्लाबु र खाम्लुङ गाविसमा हिजो परेको असिनापानीले किसानले लगाएको मकै, आलु, अलैंची र सुन्तलामा बढी क्षति पुर्याएको हो ।
यसअघि पनि ताप्लेजुङका विभिन्न गाविसमा परेको असिनाका कारण लाखौँ रुपैयाँ मुल्य बराबरको बालीनालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्