६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जारी आईपिएलमा गुजरातको पहिलो पराजय


0
Shares

राजकोट, वैशाख १० । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) मा गुजरात लायन्सले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा गुजरातलाई सनराईजर्स हैदरावादले १० विकेटको फराकिलो अन्तरले हराएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । गुजरातका लागि सुरेश रैनाले ७५ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले स्तरीय खेल देखाउन सकेनन् ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमारले ४ विकेट लिए ।

जवाफमा १३६ रनको सामान्य चुनौती हैदरावादले १५ औं ओभरमा विना कुनै विकेटको नोक्सानीमा पुरा गर्‍यो । हैदरावादको जितमा सुरुवाती ब्याट्सम्यानहरु डेभिड वार्नरले अविजित ७४ रन तथा शिखर धवनले अविजित ५३ रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज राति महेन्द्र सिंह धोनीको राईजिङ पुने सुपरजाईन्ट्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर भिड्नेछन् ।