
काठमाडौं, वैशाख ९ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन विहीबारमात्र सकारात्मक रहेर थामियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से करिब १ अंक बराबरले धनात्मक रही १४ सय ४१ दशमलव ६ सात कायम भयो ।
सुरुआती समयमा ओरालो लागेर १४ सय ३६ मा झरिसकेको नेप्से मध्याह्नपछि पुनः सुधारिएको हो ।
यसदिन आधा समूह उकालो लागे भने आधा ओरालो लागे । बीमा, उत्पादनमूलक, होटल र वाणिज्य बैंक उकालो लागेका हुन् भने जलविद्युत्, अन्य, विकास बैंक र वित्त समूह ओरालो लागेका हुन् ।
बीमा र उत्पादनमूलकमा ५६/५६ अंकको सुधार भयो भने होटल र वाणिज्य बैंक सामान्य अंकले सकारात्मक रहेका हुन् ।
जलविद्युत् र अन्य समूह दोहोरो अंकले झरेका हुन् भने विकास बैंक र वित्त समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । यसदिन पनि कारोबार परिमाण उच्च नै रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको १२ लाख ४० हजार बराबर कित्ता शेयर ९० करोड ८० लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्