६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नवयुगको निर्णायक गोलमा आर्मी उपाधिनजिक


0
Shares

पोखरा, वैशाख ९ । त्रिभुवन आर्मी क्लब पाँचौ मनकामना केबुलकार पोखराकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा विहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लबमाथि १–० ले कठीन जित निकाल्दै आर्मी उपाधिनजिक पुगेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले खेलको ५०औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ द म्याच’ आर्मीका पदम तामाङ घोषित भए ।

आर्मीले अब शनिबार मनाङ–मर्स्याङ्दी क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।