
वीरगन्ज, वैशाख ९ । नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलालको आरोप नलगाउन आग्रह गरेका छन् ।
पर्सामा विहीबार आयोजित कार्यक्रममा उनले संविधान जारी भएलगत्तै आफूले मधेसको मागका लागि सांसदबाट राजीनामा दिएको जिकिरसमेत गरे ।
तर, विभिन्न कोणबाट आफूलाई भारतीय दलाल भन्ने गरेको उनले गुनासो गरे ।
तराईमा दुई प्रदेश बन्नुपर्ने आफ्नो पनि माग भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्