२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भूकम्पको एक वर्षः सुस्तगतिमा पुनःनिर्माण, के गर्दैछ प्राधिकरण ? (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं, वैशाख ८ । भूकम्प गएको एक वर्ष पुग्न लाग्यो तर सर्वसाधरणले भत्किएका आफ्ना घर बनाउन पाएका छैनन् ।

घर निर्माणका लागि सर्वसाधारणलाई दिने भनिएको दुई लाख रुपैयाँ रकमका लागि सम्झौताको काम त सुरु भएको छ तर अत्यन्तै धीमा गतिमा ।

वैशाख तेस्रो सातासम्म भूकम्प अतिप्रभावित जिल्लाहरुमा अनुदान सम्झौता भइसक्ने दाबी दोहोर्‍याउन भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छाडेको छैन ।

कतै अस्थायी टहरा, कतै पाल त कतै जोखिम मोलेरै भएपनि धराप बनेका घरभित्रको बास यस्तै–यस्तै गरेर भूकम्प्पीडितहरुले एक वर्ष कटाएका छन् ।

यो अवधिमा काम केही भएको छैनभन्दा भएको छ तर देखिने गरे केही भएको छैन । राहतको पर्खाइमा रहेका सर्वसाधरणले आफ्नो भत्किएको घरलाईसमेत पन्छाउन सकिरहेका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भने वैशाखको १७/१८ सम्ममा अनुदान सम्झौता भइसक्ने दाबी दोहोर्‍याउन छाड्दैन । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्