११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


‘सरकार र निजी विद्यालयको मिलेमतोमा निर्देशिका कार्यान्वयन हुन सकेन’


0
Shares

भक्तपुर, वैशाख ७ । नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दासमेत सरकारले निजी विद्यालयहरुको शुल्क निर्धारणका लागि जारी गरेको निर्देशिका कार्यान्वयन हुन सकेको छैन ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको कार्यक्रमा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र निजी विद्यालयको मिलेमतोमा निर्देशिका कार्यान्वयन हुन नसकेको आरोप लगाए ।

कार्यक्रममा एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमवालीविपरीत रहेको भन्दै एक प्रतिशत निजी विद्यालयको गल्तीलाई ९९ प्रतिशत विद्यालयको गल्तीकोरुपमा बुझ्न नहुने बताए ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले प्रत्येक वर्ष नयाँ शैक्षिकसत्रको सुरुआतमा हुने शुल्क विवाद अन्त्यका लागि शुल्क निर्धारण गर्न वैज्ञानिक पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।