
धनकुटा, वैशाख ७ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तीनजुरे मिल्के–जलजले क्षेत्रमा गुराँस हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
नयाँवर्षको आगमनसँगै वन नै रातै हुने गरी फुलेका गुराँस हेर्न आन्तरिक पर्यटकको घुइँचो लागेको हो ।
भारतीय सीमा क्षेत्रबाटसमेत पर्यटकहरु यो सिजनमा तिनजुरे मिल्के–जलजले क्षेत्रमा आउने गरेका छन् ।
नेपालमा पाइने ३२ प्रजातीका गुराँसमध्ये यो क्षेत्रमा २८ प्रजातीका गुराँस पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्