२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सूचीकरणसम्बन्धी छुट्टै नियमावली बनाउन बोर्डको निर्देशन


0
Shares

काठमाडौं, वैशाख ६ । सूचीकरणसम्बन्धी छुट्टै नियमावली बनाउन धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

साविकको धितोपत्र सूचीकरण नियमावली २०५३ लागू भएयता लामो समय अन्तराल भइ धितोपत्रसम्बन्धी ऐन २०६३ लागू हुनुकासाथै सूचीकृत संगठित संस्थाहरुको पूँजीआधार धेरै गुणा बढी सकेको छ ।

यस्तै, धितोपत्र कारोबार प्रणाली पूर्णस्वचालित भएको तथा धेरै परिवर्तनहरु भैसकेको पृष्ठभूमिमा विद्यमान सूचीकरणसम्बन्धी व्यवस्थाहरुमा समयसापेक्ष सुधार गरी परिवर्तन गर्न आवश्यक भैसकेको भन्दै बोर्डले नेप्सेलाई यथाशीघ्र र ढिलोमा चालु आर्थिक वर्षभित्र सूचीकरणसम्बन्धी छुट्टै नियमावली तयार गरी पेश गर्न निर्देशन दिएको हो ।