११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


वीरगन्जको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माण सुरु


0
Shares

वीरगन्ज, वैशाख ६ । वीरगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माणकार्य सुरु भएको छ ।

निर्माण हुन लागेको ल्यान्डफिल्ड साइडको सोमबार एक कार्यक्रमकाबीच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शिलान्यास गरे ।

बाराको विश्रामपुर र इटयाहीमा पर्ने १६ बिगहा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेकोे सो ल्यान्डफिल्ड साइड दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ ।

४७ करोड ८० लाखको लागतमा एसएमइसी र पीडीए सीइएमएटी निर्माण कम्पनीले निमार्णकार्यको ठेक्का लिएको हो ।

तीन वर्षमा उपमहागरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

निर्माणकार्यमा एडीबी र नेपाल सरकारको ८४ प्रतिशत, नगर विकास कोषबाट ८ प्रतिशत लगानी रहनेछ  ।

२० वर्षसम्म प्रयोग गर्न सकिने ल्यान्डफिल्ड साइड मापदन्डअनुसार निर्माण गरिने भएकाले दुर्गन्ध नफैलिने टिम लिडर नागेन्द्र झाले बताए ।