
काठमाडौं, बैशाख ६ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा आज नेपाल र नामिबिया भिड्ने छन् ।
खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान साँढे ९ वजे सुरु हुनेछ ।
गत शनिवार भएको पहिलो खेलमा नामिबियामाथि ५ विकेटको सहज जित हात पारेको नेपाल आजको खेल जित्दै अंक तालिकामा एक स्थान माथि उक्लने लक्ष्यमा छ ।
तर पहिलो खेलमा नेपालसँग हारेको नामिबिया पनि आफ्नो नेपाल भ्रमणमा केही अंक जोड्ने दाउमा रहेकोले दुबै टोलीका लागि आजको खेल त्यति सहज नहुने पक्का छ ।
८ टोली सहभागी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड र पपुवान्युगिनीसँगको सुरुवाती चार खेल हारेको नेपालले नामिबियालाई हराँउदै अंक तालिकामा खाता खोलेको थियो ।
प्रतियोगिताको शिर्ष चार स्थान ओगट्ने राष्ट्रले आगामी एक दिवसीय विश्वकप क्रिकेटको लागि हुने छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्