
काठमाडौं, वैशाख ६ । चिनियाँ जहाज आएपछि बजार हिस्सा बढ्ने र प्रशस्त नाफा कमाउने सपना देखेको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमलाई अहिले आएर ती जहाज ‘घाँडो’ भएका छन् ।
चार थान खरिद गर्दा दुईटा सित्तैमा पाइने चिनियाँ स्किमअनुसार पहिलो खेपमा ल्याइएका दुई जहाजमध्ये एउटा ६ महिना र अर्को एक सातादेखि थन्किरहेका छन् ।
‘सित्तैको ललिपप’ देखाएर चीनले उपलब्ध गराएका यी जहाजबाट उल्टै घाटा बेहोर्नुपर्दा निगमको अलिअलि भएको छवि पनि धुमिल भइरहेछ ।
निगमका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ । तापक्रम र धावनमार्ग लम्बाईका आधारमा काठमाडौं फर्किदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्किदा) र बढीमा ४८ (धनगढीबाट फर्किदा) जना यात्रुमात्र ल्याउन सक्छ ।
–नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्