१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रम ओलीद्वारा नारायणहिटी संग्रहालय अवलोकन (फोटो फिचर)


0
Shares

काठमाडौं, वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

आज अपराह्न ३ बजे नारायणहिटी संग्रहालय अवलोकनमा गएका प्रधानमन्त्री ओलीले संग्रहालयभित्र भएका वस्तु ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए ।

उनले संग्रहालयभित्र रहेका श्रीपेच, विभिन्न जिल्लाका नामाकरण गरेका बैठक कक्ष, तत्कालीन राजाका आसन तथा बैठक कक्षको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र सोही मन्त्रालयका सचिव प्रेमकुमार राईलगायत थिए ।

प्रधानमन्त्री ओलीसहितको टोलीलाई संग्रहालयका उपसचिव रोहित ढुङ्गानाले दरबारका विभिन्न स्थान, राजपरिवारका सदस्यको हत्या भएको स्थान तथा त्यहाँ निर्माण गर्नुपर्ने कुराका बारेमा जानकारी गराएका थिए ।

(रासस)