६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भारतको झारखण्डमा साम्प्रदायिक तनाब भड्कियो


0
Shares

काठमाडौं, बैशाख ४ । भारतको झारखण्डको बाद बोकारो क्षेत्रमा साम्प्रदायिक तनाब भड्किएको छ । रामवनमीका अवसरमा निस्किएको ¥यालीमा दुई समुहबीच हिंस्रक झडप र व्यापक आगजनी भएको छ ।

स्थानीय हजारीबाग प्रहरी चौकी नजिक मुस्लिम समुदायका एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । सरकारी कर्मचारी सहित धेरै व्यक्ति घाईते भएका छन् ।

शहरमा तनाब बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ । रामनवमी र्‍यालीमा सहभागि दुई समुहबीच र्‍याली निस्कने बाटोलाई लिएर विवाद सुरु भएको प्रहरीको भनाई छ ।

आक्रोशित भीडले सवारी साधन तोडफोड गर्नुका साथै घर पसलमा आगजनी गरेको स्थानिय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)