१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


९ दिनसम्म बिना अक्सिजन भू–समाधि, ‘चिकित्सा विज्ञानलाई चुनौती’, हेर्नेको भीड (भिडियो)


0
Shares

प्रदीप पौडेल/इमेज
पोखरा, वैशाख ३ । चिकित्सा विज्ञानलाई चुनौती दिँदै एक गुरु पोखरामा ९ दिनसम्म भूसमाधिमा रहेर जीवित निस्किएका छन् ।

बिना अक्सिजन भू–समाधिमा बसेका सुनसरीका ४५ वर्षीय सिद्धबाबा श्री वैष्णव कृष्णदासजी सबैलाई चकित पार्दै ९ दिनपछि भू–समाधिबाट जीवित निस्किएका हुन् ।

९ दिनसम्म भू–समाधिमा लिन भएका सिद्धबाबाबा रामनवमीको दिन बिहान १० बजेर १५ मिनेटमा समाधिबाट जीवितै बाहिर निस्किएपछि उनलाई हेर्न हजारौंको संख्यामा अनुयायीहरु रामघाट क्षेत्रमा पुगका थिए ।

भू–समाधिबाट बाहिर निस्कँदा अचेत अवस्थामा रहेका सिद्धबाबाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

सिद्धबाबाबाको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुले ९ दिन भू–समाधिमा बसेर बाहिर निस्कनु चिकित्सा विज्ञानलाई नै चुनौती भएको बताएका छन् ।

समाधिका लागि ५ फिट लम्बाइ र ३ फिट चौडाइको काठको बाकस तयार पारिएको थियो ।

जसमा अक्सिजन नछिरोस् भन्नका लागि बाहिरबाट प्लास्टिक, सेतो कपडा, कम्मलले बेरिएको थियो भने बाकसमा चारओटा साँचो लगाइएको थियो । त्यस बाकसलाई खाल्डो खनेर माटोले पुरेर राखिएको थियो । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।