
काठमाडौं, वैशाख ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने दोहोर्याएका छन् ।
सद्भावना पार्टीको २६औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले नाकाबन्दी गर्दा मुलुकमा कालोबजारी मौलाएको र त्यसले आफूहरुको आन्दोलन कमजोर हुन पुगेको भन्दै अब नाकामा आन्दोलन नगर्ने बताए ।
उनले अबको आफूहरुको अन्दोलन माग पूरा नभएसम्म नरोकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्