
काठमाडौं, वैशाख १ । काठमाडौंमा बस्दै आएका सुदूरपश्चिमका बासिन्दाले बुधबार रमाइलो गरी विसूपर्व मनाएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, एनपी साउदलगायतका नेताहरु तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उनीहरुले सामूहिकरुपमा देउडा गाउँदै नाचेका थिए ।
विसूपर्वको अवसरमा सिस्नोपानी लगाएर विषझार्ने परम्परा अझैपनि रहेको संस्कृतिविद्हरु बताउँछन्
सो अवसरमा देउडा समाजले कांग्रेस सभापति शेरबहादुर देउवालाई अभिनन्दन गरेको थियो भने देउडा गायक यज्ञराज उपाध्याय र नरेन्द्रराज रेग्मीलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्