२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


लिबियामा गद्दाफीलाई सत्ताच्यूत गरेपछि योजना बनाउन नसक्नु ठूलो गल्ती : ओबामा


0
Shares

काठमाडौं, चैत २९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाका शासक कर्णेल गद्दाफीलाई सत्ताच्यूत गरेपछि त्यहाँ कुनै योजना बनाउन नसक्नु आफ्नो कार्यकालको खराब गल्ती भएको बताएका छन् ।

अमेरिकाको ‘फक्स न्यूज’सँग कुरा गर्दै ओबामाले लिबियामाथिको हस्तक्षेप भने सहीकार्य भएको दाबी गरे । ओबामाले यसअघि पनि लिबियाको विषयलाई लिएर दुःख व्यक्त गरेका थिए ।

लिबियामा गरिएको हस्तक्षेपपछि ब्रिटेन र फ्रान्सले निभाएको भूमिकाप्रति आलोचना गर्दै उनले हस्तक्षेपपछि ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनले त्यहाँ ध्यान नदिएको बताए ।

सन् २०११ को अरबक्रान्तिपछि सर्वसाधारणको रक्षाका लागि भन्दै अमेरिकालगायतका मुलुकले लिबियामा हवाई आक्रमण गरेका थिए । तर, गद्दाफी मारिएपछि लिबिया राजनीतिक अस्थिरताको दलदलमा फसेको छ ।

त्यहाँ अहिले अन्तर्राष्ट्रिय मान्यताप्राप्त समूहको सरकार र मिलिसिया नेतृत्वको सरकारका अलग–अलग संसदसमेत छन् ।

इस्लामिक अतिवादी समूहले धेरै भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ । (एजेन्सी)