२३ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025


कांग्रेस संसदीय दलको कार्यसमितिमा पनि देउवापक्षकै पल्ला भारी


0
Shares

अपडेटः
काठमाडौं, चैत २६ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचनमा पनि सभापति देउवा पक्षको दुई तिहाइभन्दा बढी सदस्य निर्वाचित भएका छन् ।

शुक्रबार भएको २२ सदस्यीय निर्वाचनमा देउवा पक्षका १८ जना निर्वाचित भएका हुन् । पौडेल समूहका जम्मा चारजनामात्र निर्वाचित भए ।

निर्वाचित भएकामा प्रदेश नम्बर–१ मा दीपक खड्का, २ मा प्रेमकिशोर तेली, ३ मा ध्यानगोविन्द रन्जित, ४ मा रामचन्द्र पोखरेल, ५ मा विक्रम खनाल, ६ मा तप्तबहादुर विष्ट र ७ मा भरतबहादुर खड्का छन् ।

खड्काद्वय र पोखरेल पौडेल निकट हुन् भने अरु सबै देउवा पक्षीय हुन् ।

पिछडिएको क्षेत्रबाट भने राजिवविक्रम शाह निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, आरक्षणतर्फ मधेसी महिलामा प्रमिला देवी दास र रस्मी ठाकुर, मधेसी पुरूषमा रामअयोध्याप्रसाद यादव, दलित महिलामा आशा बिक, दलित पुरूषमा नरभान कामी, आदिवासी जनजाति महिलामा उषा गुरूङ र ज्ञानकुमारी छन्त्याल, आदिवासी जनजाति पुरूषमा आङ्टावा शेर्पा र तीर्थबहादुर लामा, खस–आर्य महिलामा गीता वाग्ले र मधु शाही ठकुरी विजयी भएका छन् ।

खस–आर्य पुरूषमा राजेन्द्रकुमार केसी, थारूमा भोटनीदेवी खवास र मुस्लिममा अब्दुल रजाक विजयी भएका हुन् । केसीबाहेक अरु सबै निर्वाचित सदस्य देउवा पक्षका हुन् ।

कांग्रेस संसदीय दलको विधानअनुसार बाँकी उपनेता, प्रमुख सचेतक, सचेतक र नौजना सदस्य भने संसदीय दलका नेताले मनोनयन गर्ने व्यवस्था छ ।