६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


तिब्बततर्फ चिराईतो निकासी बढ्यो


0
Shares

ताप्लेजुङ, चैत २६ । ताप्लेजुङको ओलाङ्चुङगोला नाका हुँदै चीनको तिब्बतमा बहुमुल्य जडिबुटी चिराईतोको निकासी बढेको छ ।

मेचीको व्यापारिक केन्द्र झापाको बिर्तामोड साथै भारतका विभिन्न बजारमा चिराईतोको मूल्य कम भएकाले ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै पूर्वका पहाडी क्षेत्रमा उत्पादित चिराईतो तिब्बत निर्यात गर्न थालिएको हो ।

डेढ वर्ष अघिसम्म ताप्लेजुङ साथै पाँचथर, ईलाम र तेह्रथुममा उत्पादित चिराईतो झापाको विर्तामोड हुँदै भारतका विभिन्न बजारमा पुर्‍याउने गरिएको थियो । तर भारतीय बजारमा यसको मुल्यमा गिरावट आएसँगै चीनको तिब्बततिर निकासी हुन थालेको हो ।

हाल ताप्लेजुङ सदरमुकाममा चिराईतोको मूल्य प्रतिमन १४ हजार रुपैयाँ पर्छ भने तिब्बतमा २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय ब्यापारीहरुले बताएका छन् ।