
काठमाडौं, चैत २४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई चारैतिरबाट हेप्न थालिएको भन्दै आक्रोश पोखेका छन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले माओवादीलाई कमजोर बनाउन विभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको आरोप लगाए ।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री रेखा शर्मा, एमाओवादी नेतृहरु जयपुरी घर्ती, पूर्णकुमारी सुवेदी, उर्मिला अर्याललगायतले नेपाली महिलाहरुलाई राज्यको मुलप्रवाहमा समेट्नुपर्नेमा जोड दिएका थिए ।
सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्