९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सरकारको विरोध गर्नेहरु गणतन्त्रविरोधी हुन् : प्रधानमन्त्री


0
Shares

धादिङ, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने योजनाको सोमबार धादिङमा शिलान्यास गरेका छन् ।

सोमबार धादिङको गल्छीमा आयोजित कार्यक्रममा योजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देश सभ्य, अनुशासित, शान्त र स्थीरताको बाटोतर्फ लम्किसकेको र कदम–कदममा विकास र प्रगतिको अनुभूति गर्नसकिने बताए ।

सरकारले राम्रो काम गरेपनि जनतामा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले ‘सरकारको विरोध गर्नेहरु गणतन्त्रविरोधी हुन्’–भने ।

मध्यपहाडी लोकमार्गबाट पहाडी क्षेत्रका जिल्ला सदरमुकामहरुलाई सूचना–प्रविधि पहुँचमा जोड्ने उद्देश्यले नेपाल टेलिकमले यो योजना सुरु गरेको हो ।

प्रदेश नम्बर–१, २ र ३ का मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गरिनेछ ।

पूर्वमा पाचँथरको चिवा भञ्ज्याङदेखि मध्यपहाडमा गोरखाको आरुघाटसम्म दुई हजार १७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ ।

अप्टिकल फाइबर बिच्छ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट टेलिकमलाई बजेट उपलब्ध गराउनेछ ।