१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


‘जुंगाको लडाइँ छाडेर माओवादीहरु एक ठाउँमा उभिनुपर्छ’


0
Shares

काठमाडौं, चैत १० । सशस्त्र युद्धमा सँगै रहेका माओवादीका विभिन्न घटकहरुले पार्टी एकतामा जोड दिएका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सहभागी नेताहरुले माओवादीहरुको एउटै केन्द्र बनाउने विषयमा बहस गरेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले देशको विद्यमान परिस्थितिको मूल्यांकन गर्दै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

यस्तै, एमाओवादीका नेता लोकेन्द्र विष्टमगर, क्रान्तिकारी माओवादीका नेता कुलबहादुर केसीलगायतले जुंगाको लडाइँ छाडेर पार्टी एकता गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा १० वर्षे युद्धका बेला अंगभंग भएका कार्यकर्ताहरुको सहभागिता थियो ।