
काठमाडौं, चैत १० । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउने दायित्व सरकारको भएको बताएका छन् ।
पुनरावेदन अदालत पाटन एनेक्स भवनको बुधबार पुल्चोकमा शिलान्यास गर्दै उनले न्यायसेवा बलियो भए सबै सेवा प्रभावकारी हुने बताए ।
अदालती सेवा कमजोर भए मुलुक र अन्य सेवा पनि कमजोर हुने भन्दै उनले अनुशासन कायम गर्न अदालतको भूमिका महत्वपूर्ण हुने बताए ।
न्यायलायलाई कतैबाट आँच आउन नदिनका लागि सबै सजग हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले अदालतलाई विशेष प्रविधियुक्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
प्रत्येक प्रदेशमा एउटा उच्च सुविधासम्पन्न अदालत स्थापना हुने भन्दै उनले न्यायलयलाई निश्पक्ष र प्रभावकारी बनाउनुपर्ने बताए ।
३५ करोड ८९ लाख रुपैयाँको लागतमा बन्न लागेको भवन निर्माण अढाइ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्