
काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको जनाइएको हो ।
मनोनीत मध्ये ६ जना गत साता राजधानीमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा पराजित भएकाहरु छन् ।
देउवाले सभापतिमा आफूसँग पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला तथा महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापालाई मनोनीत गरेका हुन् ।
यस्तै, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यस्तै, मस्तिष्कघात भइ उपचारमा रहेका नरहरि आचार्यलाई पनि मनोनीत गरिएको छ ।
कांग्रेस विधानले सभापतिलाई उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री तथा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिएको छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्