
काठमाडौं, जेठ १० । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिनाकुनै झन्झट अझ सुलभदरमा ‘डेटा रोमिङ’ सेवा उपभोग गर्नसक्ने भएका छन् ।
ग्राहकले आफू भारत भ्रमणमा जाँदा आफ्नो एनसेल सिम साथै लगी मात्र १०० रुपैयाँमा प्रत्येक दिन ‘अनलिमिटेड रोमिङ इन्टरनेट’ सेवाको फाइदा लिनसक्ने भएको कम्पनीले जनाएको हो ।
यस ‘अफर’अन्तर्गत् एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करबाहेक मात्र १०० रुपैयाँमा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिनसक्ने र यसका लागि यात्रामा जानुअघि रोमिङ सेवा सुचारु गर्नुपर्ने कम्नपीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्