१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मायादेवी गाउँपालिकामा गरिब घरपरिवार परिचयपत्र वितरण


0
Shares

विनोद भट्टराई (इमेज)

कपिलवस्तु, असार २९ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गरिब घरपरिवार परिचयपत्र वितरण कार्य सुरु गरिएको छ ।

कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री चक्रपाणि खनालले शुक्रबार मायादेवी गाउँपालिका–८ का घरपरिवारलाई गरिब घरपरिवार परिचयपत्र वितरण गरेर अभियानको सुरुआत गरेका हुन् ।

कपिलवस्तुका १० स्थानीय तहका २८ हजार २३५ घरधुरीका गरिब घरपरिवारलाई परिचयपत्र वितरण गरिने कार्यक्रम रहेको छ ।

मन्त्री खनालले पहिलो चरणमा नेपालका २६ जिल्लामा गरिब घरपरिवार परिचयपत्र वितरण कार्य सुरु भइसकेको बताउँदै बाँकी ५१ जिल्लामा दुई वर्षभित्र परिचयपत्र वितरण गरिने जानकारी दिए ।

सरकारले उपलब्ध गराएको गरिब घरपरिवार पहिचानको पत्रबाट विपन्न वर्गको शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा सुविधा प्रदान गरिने उनले बताए ।