२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि


0
Shares

corona virus

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ९६ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार बाजुराका १६ महिला र ३२ पुरुषमा संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।

यस्तै, पाटन अस्पतालमा डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

वीर अस्पतालमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यता, धनगढीमा गरिएको परीक्षणमा मंगलबार थप दुईजनामा कोरोना पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–५ का ४४ वर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार यहाँ पछिल्लो २४ घन्टामा ३४ जनाकोमात्रै ‘पीसीआर’ परीक्षण भएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दुई हजार ५३१ पुगेको छ ।

कुल संक्रमितमध्ये छजनाको मृत्यु भइसकेको छ । ३८८ जना विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।