२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको कांग्रेसको ठहर


0
Shares

nepali congress politics

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिले संसदको अपमान गरेको नेपाली कांग्रेसले ठहर गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विषयमा छलफल गर्दै कांग्रेसले कूटनीतिक मर्यादाविपरीत ओलीको अभिव्यक्ति आएको निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माकाअनुसार बैठकमा पार्टीको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल भइरहेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको महाधिवेशन संशोधन कार्यतालिकामा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।

शर्माकाअनुसार असार मसान्तभित्र पार्टी समायोजनको बाँकी काम सकेर साउन मसान्तभित्र क्रियाशील सदस्यको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने गरी कार्यतालिका संशोधन भएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार साउन मसान्तसम्ममा महाधिवेशनको आधार क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको थियो ।

तर, कोरोना संक्रमणलाई कारण देखाएर महाधिवेशनसम्बन्धी कार्यहरु सुरु हुनसकेको छैन ।